खाद्यले धान खरिदका लागि लगायाे काटा « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


खाद्यले धान खरिदका लागि लगायाे काटा


1.092k
Shares

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । पटक–पटक बजेट माग र निर्देशनको पर्खाइमा बसेको खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काटा लगाएको हो ।

बजेट ढिलो निकासा भएकोले खरिद प्रक्रिया लम्बिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरका प्रमुख धर्मराज पन्तले बताउनु भयो ।

कम्पनीले यस वर्ष सरकारले मोटाे धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मसिनो धान ३ हजार १ सय २८ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

खाद्यको ढिलासुस्तीले यस क्षेत्रका अधिकांश किसानले भने व्यापारीलाई धान बिक्री गरिसकेका छन् । गत वर्ष पनि समयमा बजेट निकासा नहुँदा धान खरिदको लक्ष्य पूरा भएको थिएन ।

खाद्यका प्रमुख पन्तका अनुसार गत वर्ष बेमौसमी वर्षा र बाढीबाट भिजेको धान ग्राहकले ल्याएका कारण पर्याप्त खरिद भएन ।सरकारले समयमै धान खरिद गर्न नसक्दा किसानले सस्तोमा व्यवसायीलाई बेच्दै आएका छन् । किसानले व्यापारीलाई प्रतिक्विन्टल २ हजार ५ सय देखि २ हजार ६ सय रुपैयाँसम्म बिक्री गर्दे आएका छ्न ।