काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको विकास र समृद्धिको योजनाबारे प्रयाप्त छलफल हुन नसकेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विषयका सम्बन्धमा सतही कुरामा मात्रै जोड दिने गरिएको टिप्पणी गरे ।
मन्त्री पोखरेलले सिङ्गो मुलुक एक ठाउँमा उभिए मात्र मुलुकको विकास सम्भव हुने बताए ।
मन्त्री पोखरेलले बिना योजना स्थानिय तहका जनप्रतिनिधि बाटो विस्तारमा लागेको भन्दै असन्तुष्टि जनाए ।
कार्यक्रममा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले स्वच्छ रुपमा काम गर्ने व्यवसायीहरु सरकारसंग डराउनु नपर्ने बताए ।
मन्त्री यादवले जुनसुकै बहानामा पनि जनता ठग्नु जघन्य अपराध भएको टिप्पणी गरे ।









प्रतिक्रिया दिनुहोस्