काठमाडौं । निर्मला पन्त बलात्कार हत्या प्रकरणमा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज बिष्टलाई निलम्बन गर्न निर्देशन दिएको छ ।
साथै डीएसपी ज्ञानबहादुर सेटी र इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए ।
स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपनि एसपी विष्टले सुनवाई नगरेको आरोप लागेको थियो ।
आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ ।
तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।
डीएसपी सेटी र मुद्दा फाँटका खड्कालाई भने हेडक्वाटर बोलाएर घटनाबारे सोधपुछ गरिने भएको छ ।
गृहमन्त्रालयमा आज बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापासहित तीन वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।





प्रतिक्रिया दिनुहोस्