नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छ : प्रकाशमान सिंह « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छ : प्रकाशमान सिंह


871
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताउनुभएको हो । उहाँले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिहरुलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने बताउनु भयो । यद्यपी समय अनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उहाँको भनाई छ ।