सर्वोच्चमा जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध पुग्याे रिट, शुक्रबार सुनुवाइ हुने « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


सर्वोच्चमा जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध पुग्याे रिट, शुक्रबार सुनुवाइ हुने


65
Shares

काठमाडौं । संघीय संसद् सचिवालयको महासचिवले लेखेकाे पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा शुक्रबारका लागि पेसी तोकिएको छ ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले दर्ता गर्नुभएकाे रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको हो ।

रिटमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्दै लेखेको पत्रको कानुनी आधार नभएको दाबी गरिएको छ ।

यसले नयाँ प्रतिनिधि सभाको निरपेक्ष अधिकारलाई निस्तेज गर्ने र नेपालको संविधानको प्रस्तावना धारा १ (१), धारा २, धारा १०१ (२) धारा १२६, धारा १२८, १३७ को बर्खिलापमा रहेकाले पत्रलाई नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गर्न रिटमार्फत माग गरिएकाे छ।