Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सर्वोच्चमा जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध पुग्याे रिट, शुक्रबार सुनुवाइ हुने


65
Shares

काठमाडौं । संघीय संसद् सचिवालयको महासचिवले लेखेकाे पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा शुक्रबारका लागि पेसी तोकिएको छ ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले दर्ता गर्नुभएकाे रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको हो ।

रिटमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्दै लेखेको पत्रको कानुनी आधार नभएको दाबी गरिएको छ ।

यसले नयाँ प्रतिनिधि सभाको निरपेक्ष अधिकारलाई निस्तेज गर्ने र नेपालको संविधानको प्रस्तावना धारा १ (१), धारा २, धारा १०१ (२) धारा १२६, धारा १२८, १३७ को बर्खिलापमा रहेकाले पत्रलाई नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गर्न रिटमार्फत माग गरिएकाे छ।

Skip This