 
	    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ बिस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
बुधबार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ बिस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिनुभएको हो ।
उहाँले चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडी बढाउन निर्देशन दिनुभएको हो । उहाँले विष्णुमति र सामाखुशी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले चक्रपथ बिस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय समस्याहरुको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक बिस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चावहिलसम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गर्नुभयो । उहाँले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग पनि आफूहरुले कुरा गर्ने भन्दै चक्रपथ बिस्तारलाई छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताउनुभयो ।
नेता पौडेसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको काम अन्तर्गत कलंकी बसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको बताउनुभयो । उहाँले उपभोक्ताहरुले ढल निर्माणको माग राख्नुभएको र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले आयोजना सम्पन्न गर्नका लागि आवश्यक अन्य कामहरु पनि भइरहेको उल्लेख गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्