काठमाडौं । एसियाली खेलकुदमा शनिबार भएको बक्सिङतर्फ नेपालका सबै ३ खेलाडी पहिलो खेलमै पराजित भएका छन् ।
पुरुष ४९ केजीमुनीको स्पर्धा फ्लाई वेटमा नेपालका तेज बहादुर देउवालाई थाइल्याण्डका खेलाडी खाम्फुभान खाम्साथोनले ३–१ ले पराजित गरे ।
यसैगरी पुरुष ६४ केजीमुनिको तौल समुहलाईट वेटमा भुपेन्द्र थापालाई जोर्डनका ओबादा अल्काश्बेहले ४-० ले पराजित गरे ।
बक्सिङकै महिला ६० केजीमुनिको तौल समुह लाईट वेटमा नेपालकी पुनम रावललाई चिनकी वेन्लु याङले ५-० ले पराजित गरिन् ।
हिजो सुरु भएको बक्सिङमा नेपालकी संगीता सुनार यसअघि नैं पराजित भइसकेकी छिन् ।
८ खेलाडी सहभागि बक्सिङमाअब नेपालका ४ खेलाडीहरु प्रेम चौधरी, दिपक श्रेष्ठ, विष्णु प्रसाद घले र बिमला श्रेष्ठले खेल्न बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्