जकार्ता । एसियाली खेलकुदमा नेपालले पदकको आशा गरेको खेल पाराग्लाईडिङको क्रश कन्ट्रीतर्फ उत्साहजनक सुरुवात गरेको छ ।
एक्युरेसीमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेको नेपालले क्रश कन्ट्रीको पहिलो चरणमा राम्रो सुरुवात गरेको हो ।
आजको खेल सकिंदा नेपालको पुरुष टोली तेस्रो स्थानमा रहेको छ भने महिला टोली चौथो स्थानमा रहेको छ ।
पुरुष टोलीले २२ सय ५५ अंकजोडेको छ । दोस्रो स्थानको दक्षिण कोरियाको २५ सय अंक छ भने २९ सय १७ अंकसहित आयोजक ईन्डोनेसियाशिर्ष स्थानमा रहेको छ ।
नेपाल भन्दा एक स्थान तल चौथो स्थानमा रहेको जापानको २ हजार २४ अंक छ ।
पाराग्लाईडिङको पुरुष टोलीमा बिमल अधिकारी, बिजय गौतम सुशिल गुरुङ, युकेश गुरुङ र बिशाल थापा सहभागि छन् ।
क्रश कन्ट्रीकै महिलातर्फ नेपाल चौथो स्थानमा छ ।
शिर्ष स्थानको दक्षिण कोरियाको १ हजार ३६ अंक रहँदा जापानको ६ सय ४४ तथा ईन्डोनेसियाको ४ सय ७९ अंक छ । नेपालले भने २ सय ८५ अंकजोडेको छ ।
पाँचौ स्थानको मलेसियाको २ सय २ अंक छ । पाराग्लाईडिङ महिला टोलीमा प्रतिभा भुजेल, ट्रिसा बोम्जन र सबिता तामाङ सहभागी छन् ।
पाराग्लाईडिङको टिम क्रशबन्ट्री विधामा सबै खेलाडीको उडानपछि सबैभन्दाकमजोर खेलाडीको अंक घटाएर टिमको अंकनिर्धारण गरिन्छ ।
यो विधामा सहभागि टोलीले ५ चरणका खेलहरु खेल्नुपर्नेछ । सबै खेलहरु आगामी बुधवारसम्ममा सकिनेछ ।








प्रतिक्रिया दिनुहोस्