Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


रुपन्देही २ मा पुनः मतदान माग गर्दै सर्वोच्चमा रिट


7.6k
Shares

काठमाडौं । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ ।

रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी गणेशले रिट निवेदन दायर गर्नुभएको हो ।

पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १ हजार ३ सय ६६ मतान्तरले पराजित हुनुभएको थियो । निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि पौडेल सर्वोच्च जानुभएको हो ।

उहाँले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित ८ निकायलाई विपक्षी बनाउनुभएको छ ।

Skip This