
काठमाडौं, असार ३ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको विशेष छानविन समितिको म्याद दोश्रो पटक थप भएको छ ।
सांगठनिक अपराध निवारण ऐन अनुसार सरकारले गत चैत १९ गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिले समय अभावका कारण छानविनमा कठिनाई हुने भन्दै समय थप्न माग गरेको हो । प्रारम्भिक चरणमा सरकारले समितिलाई ४५ दिनभित्र अनुसन्धान सक्न कार्यादेश दिएको थियो ।
यसअघि सरकारले गत जेठ ४ गते पहिलो पटक समितिको म्याद २५ दिनको लागि थपेको थियो ।
प्रतिक्रिया दिनुहोस्