Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


तीब्र आर्थिक र सामाजिक विकासका लागि काम भइरहेको छ: प्रधानमन्त्री


0
Shares

भक्तपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्रतर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

भक्तपुरमा विद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने लक्ष्यका साथ सरकार सक्रिय भइरहेको बताएका हुन् ।

दुई छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चिनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएकाले यो जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गरिने बताए ।