सर्लाही । सर्लाहीको लालबन्दीका किसानले बिक्री नभएको तरकारी सडकमै फालेका छन् ।
बेच्नका लागि बजार ल्याएको घिरौंला व्यापारीले नकिनेपछि किसानले राजमार्गमै तरकारी फालेर विरोध जनाएका हुन् ।
किसानले नबिकेको तरकारी पूर्व–पश्चिम राजमार्गमै फालेर विरोध जनाउँदा शनिबार बिहान करिव आधाघण्टा गाडी जाम भएको थियो ।
प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । धेरै उत्पादन भएपछि पछिल्लो केही दिनयता लालबन्दी बजारमा तरकारीको मूल्य निकै घटेको छ ।
हिजो अस्तीसम्म प्रतिकिलो १०/१२ रुपैँयामा बिक्री भएको घिरौला आजबाट दुई रुपैँयामा बिक्री गर्न तयार हुँदा समेत व्यापारीले खरिद नगरेको किसानको गुनासो छ ।
तर व्यापारीहरुले भने अन्य ठाउँमा निकासी गर्दै आएको भन्दा बढी तरकारी बजार आएकाले किन्न नसकिएको बताएका छन् ।
हिजोआज तरकारी धेरै फलेकाले सबै तरकारी किन्न सक्ने अवस्था नरहेको व्यापारीहरुको भनाई छ ।
उत्पादन बढेकै कारण पछिल्लो केहीदिन यता घिरौला, झिंङनी, पर्वल, लौका, बोडी लगायतका तरकारीको भाउ सस्तो भएको हो ।









प्रतिक्रिया दिनुहोस्