Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


‘कर्मचारीको तलब र आवश्यक काम अघि बढाउन सरकारले कन्जुस्याँइ गर्नु हुँदैन’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कार्य व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरबको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।

उहाँले संघीय सरकारले अहिले पनि मेलम्चीबासीका समस्या नसुनेको स्थानीयहरुको गुनासो रहेको बताउनुभयो । उहाँले जटिलताको समयमा काम गर्दा पनि कर्मचारीहरुले तलब पाउन नसकेको बताउनुभयो । नेता सिंहले कर्मचारीको तलब र आवश्यक कामहरु अघि बढाउने कुरामा संघीय सरकारले कन्जुस्याँइ गर्नुनहुने बताउनुभयो ।

नेता सिंहले संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिका सहभागी भइ विज्ञहरुले दिएको सुझावमा छलफल गरी व्यवस्थित तरिकाले पानी वितरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफू काठमाडौंवासीलाई पानी पिउने वातावरण र व्यवस्था मिलाउन निरन्तर रुपमा चासोका साथ अघि बढ्ने प्रतिवद्धतासमेत गर्नुभयो ।