Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


बाजुरामा मतगणना स्थगित


234
Shares

बाजुरा । हिमाली गाउँपालिका ६ धिममा मुचुल्का भन्दा ३० मत बढी भेटिएकाे मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भएकाे छ।

उहाँले भन्नुभयाे,’कर्मचारीले खसेको मतको मुचुल्का भन्दा ३० मत बढी भेटेका छन्, बाहिर हल्ला गरेको जस्तो ४० मत हाेइन्।’

मुचुल्का भन्दा ३० मत बढी भेटिएपछि नेकपा एमाले बाजुराले मतगणना स्थगित गर्न माग गरेको हाे।

प्रतिनिधि सभाको बिहान भएको स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत पौडेलले भने मतगणना गर्नका लागि छलफल भइरहेको बताउनु भयाे । उहाले भन्नुभयाे, ‘पहिलो चरणमा हामी छलफल गर्ने छौ, सहमति नभए कानुन अनुसार मतगणना अघि बढ्छ।’