Logo ६ माघ २०८२, मंगलबार | Wed Jan 21 2026


उषाका हत्यारालाई कारबाही गर्न माग गर्दै धरानबासी आन्दोलित


806
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ कि एकल महिला उषा राईको हत्यामा संलग्न सबै अभियुक्तहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

धरान १३ सुर्यमार्गमा भेला भएका महिलाहरूले नारा जुलुस लगाउँदै हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै आन्दोलित भएका हुन् ।

नारा जुलुस लगाउँदै धरान बजार परिक्रमा गरेका आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय धरानमा धर्ना पनि दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिला राईलाई पक्राउ गरी अनुसन्धान थालेको बताउनु भयाे ।

उहाँले प्रहरीले कानुनी कारबाही अगाडि बढाइरहेको अबस्थामा उषा हत्याको विषयलाई राजनीतिकरण गरी अनावश्यक दबाब सिर्जना गरिएको बताउनु भयाे।

डीएसपी श्रेष्ठले उषाको हत्यामा संलग्न सबैलाइ पक्राउ गरी कारबाही गरिने भएकाले आबैलाइ संयम अपनाउन आग्रह गर्नु भएकाे छ । आन्दोलनकारीले नारा जुलुस लगाउँदै प्रहरी कार्यालय घेराउ गर्दन केहीबेर तनाव भएको थियो ।