विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप दुई पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप दुई पक्राउ


1.131k
Shares

महेश कार्की

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

हत्या आरोपमा बिहीबार थप दुई जनालाई पक्राउ गरेको बाजुरा प्रहरीले जनाएको छ ।

अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा गत बिहीबार दुई जना, मंगलबार दुई जना र बिहीबार थप दुई जना गरी अहिलेसम्म ६ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ । उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन् ।

अयडीका आफन्तले प्रहरीमा २२ जनाका नाममा किटानी जाहेरी गरेका छन ।

गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका अयडीको उपचारको क्रममा बयलपाटा अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।