समानुपातिकतर्फ १ करोड ३ लाख ७७ हजार मत गनियो, कसको कति मत ? « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


समानुपातिकतर्फ १ करोड ३ लाख ७७ हजार मत गनियो, कसको कति मत ?


9.802k
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७७ हजार मत गणना गरिएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले) ले २७ लाख ७२ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले २६ लाख ४२ हजार मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ । निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।