Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाली खेलकुद : म्याराथनमा नेपालका दुई खेलाडीले बीचमै रेस छाडे


0
Shares

जकार्ता, भदौ ९ । एसियाली खेलकुदअन्तर्गत एथ्लेटिक्सका खेलहरु आजबाट सुरु भएका छन् ।

इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको म्याराथनतर्फ नेपालका दुबै खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । म्याराथनमा सहभागी नेपालका खेलाडीद्वय कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले निर्धारित ४२.१९५ किलोमिटरको दुरी पूरा गर्न सकेनन् । बस्नेतले ४० किलोमिटरपछि दौड छोडे भने पार्कीले ३० किलोमिटरमै रेस छाडे ।

एसियन गेम्सको म्याराथनमा जापानका हिरोतो ईनेईले स्वर्ण पदक जिते । उनले निर्धारित दुरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पूरा गरे । समान समयमा दौड सकाएका बहराईनका एल हसन एलाबासी दोस्रो हुँदा चीनका बुएदुओले कास्य पदक हात पारे ।

२१ खेलाडी सहभागी म्याराथनमा जम्मा १५ खेलाडीले मात्रै दौड पूरा गरेका थिए । एसियन गेम्सको एलेटिक्सतर्फ नेपालका कुल ६ खेलाडी सहभागी छन् ।