करणको फिल्ममा काजोलसँग सैफ अलीका छोरा इब्राहिम देखिने « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


करणको फिल्ममा काजोलसँग सैफ अलीका छोरा इब्राहिम देखिने


6.357k
Shares

एजेन्सी । भारतीय निर्देशक एवं निर्माता करण जोहरको फिल्ममा अभिनेत्री काजोल र अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खानसँगै देखिने भएका छन् ।

इब्राहिम यतिबेला आफ्नो डेब्युका कारण चर्चामा छन् । भारतीय सञ्चार माध्यमका अनुसार करणले उनलाई बलिउडमा डेब्यु गराउन लागेका छन् । यसअघि पनि करणले आलिया भट्टदेखि जाह्नवी कपूरसम्मका धेरै स्टारकिड्सलाई फिल्मीमा डेब्यु गराएका छन् ।

इब्राहिमले हाल फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । अब उनी काजोलसँग करणको फिल्ममार्फत अभिनयमा पनि काम गर्न लागेका हुन् । काजोलले यो फिल्म साइन गरिसकेकी छन् र फिल्मको सुटिङ २०२३ मा सुरु हुने छ ।

यस फिल्मको कथाले डिफेन्स फोर्सको विषयलाई समेटेको छ । यसलाई करण जोहरले निर्माण गर्ने छन् । फिल्म ठूलो बजेटको हुने र यसमा इब्राहिम र काजोलको महत्वपूर्ण भूमिका रहने समाचारमा उल्लेख गरिएको छ ।