२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


कपिलवस्तु-३ (१) मा १२८ मत हराएकाे रविदत्त मिश्रकाे आराेप


312
Shares

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ (१) का लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले १ सय २८ मत हराएको आरोप लगाउनुभएकाे छ ।

आज आइतबार मतदान भएको र मतगणना भएको विवरणमा फरक परेको १ सय २८ मत हराउनु भने गैरजिम्मेवार भएकाे उहाँले बताउनुभएकाे हाे । निर्वाचनमा हार जित हुनु स्वभाविक रहेको बताउँदै जनताले दिएको मत गायब गरेर निर्वाचन जित्नु भनेको जनताको अपमान गरेकाे समेत उहाँले जिकिर गर्नुभएकाे छ ।

निर्वाचन अधिकृतले १ सय ६४ मतले पराजित गरेकाे स्वीकार गरेको बताउँदै पराजित भएकाे मत उपलब्ध गराउनुपर्ने उहाँले माग राख्नुभएकाे छ । उहाँले षड्यन्त्र गरेर निर्वाचनमा ५ मतले पराजित गरेकाे आरोप लगाउँदै राज्यले आफूलाई न्याय दिनुपर्ने बताउनुभएकाे छ ।

पुनः मतगणना हुनुपर्ने भन्दै आफू न्यायलयमा जाने उद्घोष समेत गर्नुभएकाे छ । लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदार मिश्रलाई ५ भोटले नेकपा एमालेका उम्मेदवार अर्जुन केसीले पराजित गर्नुभएकाे छ ।