सन्तोष पुर्कुटी (इमेज)
ताप्लेजुङ, भदौ ८ । ताप्लेजुङमा शुक्रबारदेखि सुरु भएको तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ ।
रेडहर्सले कन्चनजंघा स्पोर्टिङ क्लब ताप्लेजुङलाई १–० ले हराएको हो ।
मध्यान्तरअघि नै सञ्जय धिमालले गरेको एकमात्र गोल नै रेडहर्सको जितमा निर्णायक बन्यो ।
निरोज बस्नेत खेलको ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् ।
प्रतियोगिताअन्तर्गत् शनिबार फिदिम स्पोर्टिङ क्लब पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लब ताप्लेजुङबीच खेल हुनेछ ।
यही भदौ १६ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं र भारतकासमेत गरी १० टिम सहभागी छन् ।
उपाधि विजेताले दुई तोला सुन र ५ किलो चाँदीजडित रनिङ कपसहित तीन लाख एक हजार १११ प्राप्त गर्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्