३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


श्रीमान्–श्रीमतीले गरे झुन्डिएर आत्महत्या


0
Shares

भीमदत्तनगर, भदौ ८ । कन्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झुन्डिएर शुक्रबार आत्महत्या गरेका छन् ।

आफ्नै सुत्ने कोठामा झुन्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्–श्रीमती अलग–अलग चुन्नीमा झुन्डिएको अवस्थामा भेटिएको बताए ।

मृतकका भाइले झ्यालबाट दाइ–भाउजु झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकहरुको गत जेठमा विवाह भएको थियो । रासस