
काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार बालकिशोर यादवलाई पराजित गरी चौधरी तेस्रोपटक यो क्षेत्रबाट विजयी हुनुभएको हो ।
चौधरी २३ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जसपाका यादवले १७ हजार ८७७ मत पाउनुभयो ।
चौधरी २०७० को संविधानसभा सदस्यमा र २०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्