
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ ।
उहाँ सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई पराजित गरी विजयी हुनु भएकाे हाे ।
जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत मात्र प्राप्त गर्नुभयाे । लामो समय पश्चात यो क्षेत्रमा एमाले जितेको छ ।
प्रतिक्रिया दिनुहोस्