
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँ नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई १ हजार ८ सय ७४ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।
कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गर्नुभयो भने एमालेका तामाङले २७ हजार ४ सय ९३ मत ल्याउनु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो ।
यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गर्नु भएका बस्नेत सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसपटक क्षेत्र नम्बर २ बाट निर्वाचन लड्नु भएको हो ।
तामाङले २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जित्नु भएको थियो ।
सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित हुनु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्