४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


नुवाकोट–१ को प्रदेशसभा (२ )मा कांग्रेसका महत


247
Shares

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महतविजयी हुनुभएको छ ।

लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पछि प्रदेशसभा सदस्यको यात्रा तय गर्नुभएको हो । महतले तेह्र हजार सात सय २७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले तीन सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुङ्गानाले नौ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले एक सय १५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका दिपेश राईले चार सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले एक सय ७८ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रमा ६१ हजार दुई सय ९३ मतदाता रहेकामा मङ्सिर ४ को निर्वाचनमा ३२ हजार दुई सय ५७ मतदाताले मतदान गरेका थिए । निर्वाचनमा खसेको कूल मतमध्ये ३० हजार सात सय मत सदर र एक हजार ५५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।