‘सरकार गठनमा मोलतोल र भागबण्डाको खेल सुरु’ « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


‘सरकार गठनमा मोलतोल र भागबण्डाको खेल सुरु’


7.839k
Shares

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउनु भएकाे छ ।

झापा ५ बाट अत्याधिक मतले विजयी हुनु भएपछि प्रमाणपत्र लिन पुग्नु भएकाे ओलीले मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताउनु भयाे ।

उहाँले भन्नुभयाे,‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’

फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उनको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उनले असंका गरे ।