
विराटनगर । कांग्रेसका मोरङ ५(२) का उमेदवार अमृत अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदेश १ का मुख्यमन्त्रीका दावेदार समेत रहेका अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गर्नुभयो । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए ।
२०७४ सालको निर्वाचनमा यादव क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा अर्याल क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित हुनुभएको थियो ।
२०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ ५ मा उपेन्द्र यादवलाई पराजित गरेका अर्याल यो पटक पनि प्रतिनिधिसभा सदस्यको दाबेदार हुनुहुन्थ्यो । तर क्षेत्र नम्बर ५ माओवादी केन्द्रको भागमा परेपछि अर्याललाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेशको टिकट दिएको कुरा बाहिर आएकाे छ ।
प्रतिक्रिया दिनुहोस्