
काठमाडौं । दैलेख–१ मा नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ ।
अन्तिम मतपरिणाम अनुसार वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका उहाँ १७ हजार एक सय ७९ मतले विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रवीन्द्रराज शर्माले १६ हजार ६ सय ७७ मत प्राप्त गर्नुभयो । यस्तै, राप्रपाकी कुन्ती कुमारी शाहीले ४ हजार ४ सय ३४ मत प्राप्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो ।
२०७४ मा प्रदेश सभामा विजयी भएका थापाले यसपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजंग थापालाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्