भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु


351
Shares

एजेन्सी । भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि कम्तीमा १० जनाले ज्यान गुमाएका छन् ।

वालमार्टमा गोली प्रहार गर्ने आक्रमणकारी पनि मारिएको छ । दैनिक उपभोगका सरसामान पाइने उक्त पसलमा सुरक्षाकर्मी पुग्दा धेरै मृतक र घाइतेलाई फेला पारेका थिए । तत्काल उनीहरूको उद्धारमा अधिकारीहरू परिचालन भएका थिए । वालमार्टमा एकव्यक्तिबाट हमला भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

वालमार्टले भर्जिनियाको चेसापेकस्थित आफ्नो स्टोरमा भएको दुखद घटनाबाट स्तब्ध भएको जनाउँदै प्रभावित समुदाय समुदायप्रति सहानुभूति प्रकट गरेको छ । घाइतेको उपचार गरिरहेको नार्फोक जनरल अस्पतालले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी नदिइ पाँच जना अस्पताल भर्ना भएका बताएको छ ।