४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


समानुपातिकमा मतगणना : कुन पार्टीले कति मत ल्यायाे ?


8.593k
Shares

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ ।

मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको निर्वाचन आयाेगले जनाएकाे छ ।

त्यस्तै कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५४ हजार ९६८ मत ल्याएकाे छ ।

त्यसैगरी माओवादी केन्द्रले एक लाख ४१ हजार ३८१ मत पाएको छ । त्यस्तै राप्रपाले ८१ हजार र जसपाले २९ हजार मत ल्याएकाे छ ।

त्यसैगरी नेमकिपाले २६ हजार मत पाएको छ भने नेकपा एकीकृत समाजवादीले १७ हजार मत पाएकाे छ । त्यस्तै जनमत पार्टीले २२ हजार मत ल्याएको छ ।