काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक


858
Shares

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी हुनुभएको छ । उहाँले पाँच हजार ४६२ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाउनुभएको छ । यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले राससलाई जानकारी दिनुभयो ।

यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाउनुभएको छ । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाउनुभएको उहाँले जानकारी दिनुभयो ।

क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाउनुभएको थियो ।