
विनोदसिंह विष्ट (इमेज)
बैतडी, भदौ ८ । बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष)लाई पनि मासिक भत्ता दिने भएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको साउनबाट ६० देखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत् मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले जानकारी दिइन् ।
एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुनेगरी भत्ताको व्यवस्था गरिएको उनले बताइन् ।
उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।
अहिले नगरका ९ ओटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको छ ।
यसअघि, नगरपालिकाले एचआइभी संक्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्