२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


इण्डोनेशियामा ५.६ म्याग्नेच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु


0
Shares

एजेन्सी । इन्डोनेशियामा ५.६ म्याग्नेच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको छ ।

१ मिनेटसम्म कम्पन भएको भूकम्पमा ७ सय बढी घाइते भएका छन् ।

इन्डोनेशियाको मुख्य टापु जाभाको सिआनजु शहरको १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाई दिउँसोको समयमा गएको भूकम्पका कारण अधिकांश मानिस घर बाहिर निस्केका थिए ।

भूकम्पपछि दर्जनौ घर भत्कंदा भग्नावशेषमा थुप्रै नागरिक च्यापिएका छन् । सुरक्षाकर्मी भूकम्प पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारेका छन् ।

साथै इन्डोनेशिया सरकारले पीडितलाई उचित राहतको व्यवस्था गर्ने जनाएको छ ।