
बाँके, भदौ ८ । छिन्चु–जाजरकोट सडकखन्डअन्तर्गत् सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्री हामफालेर बाँच्न सफल भएका छन् ।
जाजरकोटबाट नेपालगन्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्नेक्रममा बाढी आएर बगाएको थियो ।
सबै यात्री छिटो–छिटो हामफालेर भागेका थिए । यात्रीको झोला सरसमान भने खोलाले बगाएको छ ।
गाडी ढुंगामा अड्किएपछि खोलाले बगाउन भने सकेन ।
तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो ।
उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ ।
लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु–जाजरकोट सडकखन्डको उक्त खोलामा दैनिक आवतजावतमा समस्या हुने गरेको यातायात व्यवसायी नन्द पुनले दुखेसो गरे ।
सो सडकखन्डमा आवतजावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय मानसिंह धामीले बताए ।
खोला पार गर्दैगर्दा गाडीको इन्जिनमा पानी पसेर इन्जिन नै बन्द हुने गरेको छ ।
खोला बढेपछि यातायातका साधन गन्तव्यमा नपुग्दा सयौं यात्री बाटोमै अलपत्र पर्ने गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्