६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


दाङ– २ मा वाम – लोकतान्त्रिक गठबन्धनका रेखाको सुरुआती अग्रता


1.261k
Shares

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम – लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले सुरुआती अग्रता लिनुभएको छ ।

दुई हजार सात सय ८० मत गणना हुँदा उहाँले एक हजार चार सय ५० मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)का शङ्कर पोखरेलले आठ सय ४६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिकोे हलमा जारी छ ।