६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


आम निर्वाचन : प्रदेशसभामा पनि कांग्रेसले खाेल्याे खाता, कहाँ काे भए विजयी ?


2.275k
Shares

पोखरा । मुस्ताङको प्रदेशसभा (क) मा कांग्रेसका नाम्डु गुरुङ विजयी हुनुभएकाे छ ।

उहाँले १ हजार ४८ मत ल्याउँदा एमालेका पुर्व प्रदेशसभा सदस्य इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाउनु भएकाे हाे ।

उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।