Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


२९ वर्षीय योगेश बने कांग्रेसका पहिलाे सांसद


728
Shares

मुस्ताङ । नेपाली कांग्रेसका २९ वर्षीय योगेश गाैचन थकाली आम निर्वाचन–२०७९ काे पहिलाे सांसदकाे रुपमा निर्वाचित हुनुभएकाे छ । उहाँले ५० कटेका प्रतिस्पर्धीलाई उछिन्दै कांग्रेसका पहिलाे सांसदकाे रुपमा निर्वाचित हुनुभएकाे हाे ।

प्रतिनिधि सभाको एक मात्र निर्वाचन रहेकाे मुस्ताङबाट कांग्रेसका योगेश विजयी हुनुभएकाे हाे । पहिलो पटकमै सांसद बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सांसद बन्नु हुनेछ ।

योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले तीन हजार ७८ मत पाउनु भएकाे थियाे । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।

वि.सं. २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सांसद बन्न सफल भएका हुन् ।

देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचे ।

यो चुनावमा उहाँले कांग्रेसबाट सहजै टिकट पाउनु भएकाे थियाे । झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिलाउन सफल हुनुभएकाे थियाे ।

पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति हुनुहुन्थ्याे । हाल उहाँ गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुनुहुन्छ ।

थासाङ गाउँपालिका चिसापानी निवासी योगेश गौचन राजनीतिसँगै सामाजिक सेवा, कृषि, होटल व्यवसाय र पर्यटन व्यवसायमा समेत सक्रिय हुनुहुन्छ । योगेशले भारतको बैंग्लोरस्थित एलाइन्स पुनमर सिटीबाट स्नातक तहको अध्ययन गरेका छन् ।

अधिकांशले एमालेका नेता प्रेम तुलाचनसँग योगेश नजित्ने आकलन गरिरहेका थिए तर त्यसकाे ठिक विपरित भयाे । उहाँ चुनाव जितेपछि सबै चकित भएका एक कांग्रेस नेताले ईमेजखबरलाई बताए । २०७४ सालको निर्वाचनमा प्रेमले रोमीलाई हराएर संसद छिरेकाले याेगेश नजित्ने आकलन गरिएकाे थियाे।