Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित


1.2k
Shares

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ ।

जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे ।

हवाई फायरपछि मतदान कार्य रोकिएको छ ।

एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे छ ।