
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ ।
आइतबार अध्यक्ष थापाले हेटौंडा-६ चौघडास्थित वंशगोपाल माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो चुनाव देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कोशेढुंगा साबित हुने बताउनुभयो ।
उहाँले चुनावरुपी वाम प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताउनुभयो । प्रतिनिधि र प्रदेश सभा सदस्य चुनाव आइतबार देशभर नै एकै चरणमा भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्