Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


सांसद चुनिएको भोलि पल्टबाट संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा


91
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गर्नुभएको छ ।

उहाँले आइतबार काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत हुनुहुन्छ। मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्थाभित्रको चक्र नटुटाउन आग्रह गर्नुभयो। उहाँले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताउनुभयो ।

उहाँले कांग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताउनुभयो । महामन्त्री थापाले सांसद चुनिएर गएको भोलि पल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनुभयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको बताउनुभयो ।

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो ।

Skip This