
जितेन्द्र भण्डारी
पाँचथर, भदौ ८ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–३ स्थित गोपेटारको आकाशेमा पहिरो झरेका कारण सवारी साधन आवातजावत ठप्प भएको छ ।
गएराति परेको वर्षाका कारण सडकमाथिबाट पहिरो झर्दा ताप्लेजुङबाट पाँचथरको फिदिमतर्फ आउने र फिदिमबाट ताप्लेजुङतर्फ जाने सवारी साधान आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्थानीयबासी, प्रहरी तथा हिलिहाङ गाउँपालिकाको पहलमा ल्याइएको स्काभेटरले अहिले पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले जानकारी दिए ।
वर्षाको समयमा यस सडकमा पहिरो झर्ने हुँदा सवारी साधानहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्