नेपालले भारततर्फ थप २३ मेगावाट विद्युत निर्यातका लागि पायो अनुमति « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


नेपालले भारततर्फ थप २३ मेगावाट विद्युत निर्यातका लागि पायो अनुमति


13
Shares

काठमाडौं । नेपालले भारततर्फ थप २३ मेगावट विजुली निर्यात गर्ने भएको छ ।

भारतले थप बिजुली निर्यातका लागि अनुमति दिएको हो ।

विद्युत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको थप २३ दशमलब ५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको हो ।

भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा यस आयोजनाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको प्राधिकरणले जनाएको हो ।

योसँगै प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४ सय ९ मेगावाट विद्युत भारतमा बिक्री गर्नसक्ने भएको छ । यस्तै, प्राधिकरणले यो बर्षको कात्तिकसम्म साढे पाँच महिनाको अवधिमा १० अर्ब ३९ करोड रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको जनाएको छ ।