मतदान अधिकृत प्रहरी नियन्त्रणमा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


मतदान अधिकृत प्रहरी नियन्त्रणमा


1.638k
Shares

परासी । निर्वाचन सामाग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार गरेको भन्दै नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी निर्वाचन क्षेत्र नंं २ को वाक्वाणी मतदान स्थलमा खटाइएका मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतदान अधिकृतमा पृथ्वीराज चौधरीले निर्वाचन सामाग्री बुझ्ने क्रममा मादक पदार्थ सेवन गरी मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार गरेको प्रहरीले जनाएको छ । चौधरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतबाट बर्खास्त समेत गरेको छ ।