Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


धनकुटामा निर्वाचनको तयारी र सुरक्षा व्यावस्था पूरा


39
Shares

धनकुटा । आगामी आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी र सुरक्षा व्यावस्था बारे जिल्ला प्रशासन कार्यलय धनकुटाले जानकारी दिएकाे छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को तयारी सम्बन्धमा संचारकर्मीहरुसंग अन्तरक्रिया गर्दै प्रशासनले हालसम्मको तयारी र यस पछि हुने मतगणना सम्पन्न सम्मका तयारी बारे जानकारी दिएकाे हाे ।

१ सय ६४ मतदान केन्द्र रहेको धनकुटामा २ हजार ४ सय ९८ जना सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

मतदान स्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुने छन् भने तेस्रो घेरामा सशस्त्र प्रहरी र बढीमा ४५ मिनेटमा मतदान स्थलमा पुग्ने गरि नेपाली सेनाको टोली रहने समेत जानकारी गराइएको छ ।

साथै निर्वाचन विरोधी गतिविधि गर्नेहरुविरुद्ध समेत राष्ट्रिय अनुसन्धान बाट निगरानी भइरहको जनाइको छ । साथै जिल्लाको सुरक्षा व्यवस्थालाई सबै पक्षबाट मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।