१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


संखुवासभाका मतदान केन्द्रमा पुगे कर्मचारी


26
Shares

सङ्खुवासभा । प्रनिधिसभामा र प्रदेशसभा निर्वाचनका लागि सङ्खुवासभामा सबै मतदान केन्द्रमा कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्लामा दुई अस्थायी सहित १ सय ६४ मतदान केन्द्र रहेका छन् । संखुवासभा जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचनकालागी २ अस्थाई सहित १ सय ६४ मतदान केन्द्रकालागी १ हजार २ सय ९७ कर्मचारी खटाइएको मतदान केन्द्रमा पुगेका संखुवासभा मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा आवस्यक सामाग्री सहितको टोली पुगेको र आजैबाट काम शुरु गरिएको छ । उहाँले जिल्लाको दुर्गम हिमाली क्षेत्रमा रहेको भोटखोला गाउँपालीकामा मतदान सामाग्रीसहित कार्तिक २७ गतेदेखि नै कर्मचारी मतदान केन्द्रमा पठाउन सुरु गरिएको थियो ।

भोटखोला गाउँपालीकाका थुदाम, किमाथांका र रिदाक मतदान केन्द्रहरुमा पुग्न सदरमुकामबाट चारदेखि पाँच दिन लाग्ने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । संखुवासभा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि २ स्वातन्त्रसहित १२ जना उम्मेदवार रहेका छन भने प्रदेशसभा क र ख मा स्वातन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।