
काठमाडौं । चुनावी परिणामबारे सबैका आफू अनुकूलका व्याख्या छन् । गठबन्धन दलले एक दशकसम्म आफ्नो एकछत्र रहने बताइरहेका छन् भने एमालेले मंसिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गरिरहेको छ । अघिल्लो पुस्तालाई विस्थापित गर्ने उद्देश्य लिएर चुनावी मैदानमा युवापुस्ताको बाक्लो उपस्थिति छ । यी सबै नजिकबाट हेरिरहेका ज्योतिषशास्त्रका विद्वानहरुले भने चुनावपछि राजनीतिमा युवापुस्ताको अर्थपूर्ण उपस्थिति रहने बताएका छन् ।
देशको ग्रह दशा कुन स्थितिमा छ ? के चुनावपछि पुस्तान्तरणको छनक पाइएला ? कुटनीतिक र आर्थिक विकासका दृष्टिले देशले फड्को मार्ने अवस्था के छ ? आर्थिक समृद्धिको नारा यथार्थमा अनुवाद हुने छाँट छ छैन ? भन्दा ज्योतिष मुरारी श्री महाराजले विदेशीले भूमि ओगटन सक्ने, विवाद हुने बताउनुहुन्छ । देशको ग्रह दशा हेदाँ यो वर्ष विवाद, तनाव र प्राकृतिक प्रकोप र रोगहरु बढ्ने ज्योतिष मुरारी श्री महाराज बताउनुहुन्छ ।
त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँका व्यक्तिगत ज्योतिषले सात पटक प्रधानमन्त्री हुने बताएको चर्चाले राजनीतिमा बाक्लै टिका टिप्पणी चल्ने गरेको छ । यी ज्योतिषहरुले चर्चित उम्मेदवारको व्यक्तिगत कुण्डली हेर्ने गरेका रहेछन् । उनीहरु युवापुस्ताको प्रतिनिधित्व बाक्लिने दावी गर्छन । निर्वानपछि युवापुीताको बाक्लो उपस्थीति रहने ज्योतिष नरेन्द्र उपाध्याय र कुलप्रसाद ढकाल बताउनुहुन्छ ।
मंसिर महिना बृश्चिक राशी त्यसमा पनि ४ गते एकादशी र चन्द्रमा मालिक हुने दिन परेकाले यो समय महिलाको भाग्योदय खुल्ने सम्भावना प्रवल रहेको ज्योतिष मुरारी श्री महाराजको तर्क छ ।
चुनावपछि जुनसुकै राजनीतिक दलको नेतृत्वमा सरकार बनेपनि राजनीतिक स्थिरता आउनेमा भने उनीहरु सन्देह प्रकट गर्छन ।
प्रतिक्रिया दिनुहोस्