
काठमाडौं, असार ३ । प्रभु समूहले डिजिटल भिडियो प्रशारणमा आधारित प्रभु टिभी सेवा संचालनमा ल्याएको छ ।
समूहले आइतबार राजधानीमा पत्रकार सम्मेलन आफ्नो सेवाबारे जानकारी गराएको हो । ओटिटी प्रविधिमा मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत ईन्टरनेटको माध्यमबाट च्यानलहरु हेर्ने सकिने सुविधा रहेको कम्पनीले ल्याएको छ ।
समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रशारण शुभारम्भ गर्दै यो सेवा अन्यभन्दा सस्तो र स्तरीय रहेको दाबी गरे ।
प्रारम्भिक रुपमा काठमाडौं, चितवन र पोखरामा सेवा दिदै आएको कम्पनीले छिट्टै सेवा विस्तार गर्ने जनाएको छ । प्रभु टिभी जडान गर्न एकल प्रयोगकर्ताले सेटअप बक्सबापत सुरुमा १ हजार रुपैयाँ डिपोजिट गर्नुपर्छ ।
६ महिनाको १ हजार ६ सय शूल्क लाग्ने कम्पनीले जनाएको छ ।
संस्थागत प्रयोगकर्ताको हकमा ८ सय रुपैयाँ र मासिक २ सय रुपैयाँ पर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्