Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


चितवनका १० पानी उद्योगमा सिल


0
Shares

चितवन, भदौ ७ । चितवनमा १० ओटा पानी उद्योगहरु बिहीबारदेखि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदन्डविपरीतका पानी उद्योगहरुलाई बन्द गरेको हो ।

पानी निर्देशिका २०७४ विपरीत सन्चालन गरिएको भन्दै उद्योगहरुमा ‘सिल’ गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविण तिवारीले बताए ।

खैरहनीको ओम जल उद्योग, रत्ननगरको ब्रदर्श फुड एन्ड बेभेरेज, भरतपुरको इच्छाकामना इन्डस्ट्री, अप्सरा पानी उद्योग, चितवन पानी उद्योग, लिप्टन सफ्ट ड्रिन्क, युनाइटेड मिनरल, प्रधान मिनिरल र डिसिएम मिनिरल एन्ड बेभेरेज उद्योग बन्द गरिएको हो ।